ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाले कारबाही गरेका वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त

राष्ट्रिय जनमोर्चाले कारबाही गरेका वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त

नेपालखबर
माघ ५, २०७७ सोमबार ९:४३,

राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित तिलक पुन र वडासदस्य पदमा निर्वाचित तिलबहादुर फगामीको निर्वाचित पद रिक्त भएको छ।

निर्वाचन आयोगले राष्ट्रिय जनमोर्चाको माग बमोजिम निजहरु दुवै जनाको पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशन गरेको अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन्। 

तिलक पुन र तिलबहादुर फगामीले पार्टीको निर्देशन नमान्ने, मनोमानी तरिकाले काम गर्ने, पार्टीलाई तिर्नुपर्ने लेभी नतिर्ने, जनतासँग नोकरशाही प्रकारको व्यवहार गर्ने, पार्टीकै साथीहरुसँग झगडा गर्ने र कुटपीट गर्ने क्रियाकलापहरु गर्दै आएका केसीको आरोप छ।

‘गत वर्षको कार्तिक महिनामा दलबल सहित राष्ट्रिय जनमोर्चाकै साथीहरुलाई आक्रमण गरी कुटपीट गरे। उक्त घटनामा स्वयं तिलक पुन पनि घाइते भएका थिए। उक्त घटनाको छानवीन गर्दा उनीहरु दोषी देखिएकाले पार्टीले उनीहरुलाई अनुशासनको कारबाही गरेको थियो। सुझाव, सल्लाह, प्रशिक्षण, आलोचना र अनुशासनको कारबाही गर्दा पनि उनीहरुमा सुधार आएन’ विज्ञप्तिमा भनिएको छ।

गत असार १३ गते कोभिड–१९ को प्रकोप र लकडाउनका कारणले समस्यामा परेका ढोरपाटन नगरपालिका– ४ खुंगाका जनतालाई वितरण गर्न लादै गरेका खाद्य राहत सामाग्री खोसेर खोलामा फ्याँकिएको थियो भने बिरामीलाई उपचार गर्नको लागि वितरण गर्न लगेको रकम पनि खोसिएको थियो।

उक्त घटनाको छानवीन गर्दा तिलक पुनको निर्देशन र तिलबहादुर फगामीको प्रत्यक्ष अगुवाईमा उक्त घटना घटेको पनि राजमोको ठहर छ। पार्टीले त्यो घटनालाई गम्भीर अपराधपूर्ण र जनहित विरोधी घटना भनि उनीहरुलाई पार्टी सदस्य समेतबाट अनिश्चितकालका लागि निष्कासन गर्ने र उनीहरुको निर्वाचित पद समेत रिक्त गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार निर्वाचन आयोगको उनीहरुको निर्वाचित पद रिक्त गर्ने निर्णयलाई हामीले सकारात्मक रुपमा लिएको बताउँदै विज्ञप्तिमा ‘यो निर्णयले जनहित विरुद्ध र अपराधपूर्ण कार्यमा संलग्न तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पार्टी त्याग गरेको वा उक्त पार्टीको सदस्य नरहेको अवस्थामा निर्वाचित पद रिक्त हुने नजिर स्थापित भएको’ जनाइएको छ।

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .