ad ad

समाज


हृदयाघातकाे खतरा छ कि छैन भन्ने कुरा केही वर्ष पहिल्यै थाहा पाउने र ज्यान जोगाउने उपाय

हृदयाघातकाे खतरा छ कि छैन भन्ने कुरा केही वर्ष पहिल्यै थाहा पाउने र ज्यान जोगाउने उपाय

नेपालखबर
माघ ५, २०७७ सोमबार ९:४२,

आफूलाई हृदयाघात (हर्ट-अट्याक) हुने खतरा छ कि छैन? एक्सरे गरेर केही वर्षअघि नै थाहा पाउन सकिने वैज्ञानिकले बताएका छन्। 

यसबारे अनुसन्धान गरेको अस्ट्रेलियाका वैज्ञानिकका अनुसार मुटुसँग सम्बन्धित महाधमनीमा जब क्याल्सियमको मात्रा बढी हुन्छ, तब हृदयाघात हुने जोखिम ४ गुणा बढ्छ।

अनुसन्धानअनुसार विश्वमा सबैभन्दा बढी मृत्यु मुटुसम्बन्धी रोगका कारण भइरहेको छ तर एक्सरेको मद्दतबाट हरेक वर्ष हजारौंको जीवन बचाउन सकिन्छ।

मुटुका रोगी आफ्नो रोगबारे अनभिज्ञ
अनुसन्धान गर्ने अस्ट्रेलियास्थित एडिथ कोवान युनिभर्सिटीका प्राध्यापक जोस लेविसका अनुसार धेरै मानिसलाई थाहै हुँदैन कि आफूलाई मुटुसम्बन्धी रोग छ कि छैन? न उनीहरूले धमनीमा क्याल्सियमा जम्मा भएको लक्षण महसुस गर्छन्।

महाधमनी शरीरको त्यस्तो अंश हो, जहाँ मुटुमा भन्दा पहिले क्याल्सियमा जम्मा हुन्छ। वैज्ञानिक भाषामा यसलाई एओर्टिकल क्याल्सिफिकेसन भनिन्छ। यदि समयमै यो पत्ता लगाउन सकियो भने औषधिको मद्दतबाट यसको वृद्धि रोक्न सकिन्छ।

धमनीमा क्याल्सियमा जम्दा रक्त सञ्चारमा बाधा
महाधमनीको काम रगत मुटुसम्म पुर्‍याउनु हो तर जब यसमा क्याल्सियमा जम्मा हुन थाल्छ तब यो साँघुरो हुँदै जान्छ। क्याल्सियमको मात्रा बढेपछि रगतको प्रवाह ठीकसँग हुन पाउँदैन। परिणाम- हृदयाघातको जोखिम बढ्छ।

विशेषज्ञ भन्छन्, ‘शरीरमा यस्तो स्थिति खानपानको गडबडी, धूमपान र बसिराख्ने कामका कारण बन्छ। कतिपयलाई आनुवांशिक कारणले पनि यस्तो हुन्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .