राजनीति


ओलीलाई प्रचण्डको जवाफ: गणतन्त्र आउँदा रुँदै हिँड्नु भो, प्रतिनिधि सभा विघटन गरेर हँसाउँदै हिँड्नु अनौठो भएन र?

ओलीलाई प्रचण्डको जवाफ: गणतन्त्र आउँदा रुँदै हिँड्नु भो, प्रतिनिधि सभा विघटन गरेर हँसाउँदै हिँड्नु अनौठो भएन र?

नेपालखबर
माघ ४, २०७७ आइतबार ८:४१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शर्मा ओलीलाई कडा शब्दमा जवाफ फर्काएका छन्।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली जनताले गणतन्त्रको उत्सब मनाउँदा रुँदै हिँडेको र प्रतिनिधि सभा विघटनले जनता स्तब्ध हुँदा हँसाउँदै हिँडेर अनौठौ व्यवहार देखाएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले केही दिनअघि एक कार्यक्रममा ओलीले सभा सम्मेलनमा जोकरले झैँ हँसाउँदै हिँडेको बताएपछि शनिबार  प्रधानमन्त्रीले मैले हसँउदा प्रचण्डलाई किन पीर परेको हो भनेर प्रश्न गरेका थिए।

सोही प्रश्नको जवाफ दिँदै प्रचण्डले परिवर्तनका उपलब्धि गुमेको शोकमा आफूहरु हाँस्न नसक्ने बताएका हुन्।

‘हामी हाँसीमजाक गर्ने वातावरणमा छैनौँ, हामी गम्भीर छौँ, चिन्तित छौँ। परिवारमा बाआमा मरेको बेलामा हामी खुसी मनाउँदैनौँ’ उनले भने, ‘त्यो बेलामा हामी हाँस्न सक्दैनौँ। हामी कमिक गर्न सक्दैनौँ। तपाईं त्यस्तो मान्छे हुनुहुँदो रहेछ।’

उनले ओलीले हँसाएकोमा आफूलाई पीर पर्नुभन्दा पनि भने नेपाली जनताले ७ दशक लाएर लडेर ल्याएको उपलब्धिको हत्या भएको चिन्ता थपिएको र यस्तो बेला आफू हाँस्न नसक्ने, हँसाउन नसक्ने बताए।

‘हिजो जनता उत्सव मनाउँदै थिए। जनताका लागि गणतान्त्र, संघीयता र समावेशिताको उत्सवमा नाचेका थिए, हामी पनि नाचेका थियौँ। त्यतिबेला तपाईं रुँदै हिँड्नु भएको थियो। आज जनता प्रतिनिधि सभा विघटनका कारण स्तब्ध छ। यस्तो बेला तपाईं हँसाउँदै हिँड्नुभएको छ, अनौठो भएन र पो भनेको हुँ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad