प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकहरुलाई सरकारी सेवा लिन कुनै झण्झट ब्यहोर्न नपरोस् भनेर नागरिक एप्सको सुरुवात गरिएको बताएका छन्।
शुक्रबार नागरिक एप्सको परीक्षण सुरुवातका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले करिब तीन वर्षको प्रयासपछि नागरिक एप्सको सुरुवात गर्न सरकार सफल भएको बताए।
उनले यो एप्सबाट नागरिकले बिना झण्झट घरमै बसेर मालपोत, लाइसेन्स, राजश्व, ट्राफिक, यातायातलगायतका सेवा लिन सकिने र भ्रष्टाचार न्यूनिकरणमा मद्दत पुर्याउने बताए।
सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अनतर्गत नागरिक एप्सको सुरुवात गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले एप्सको सुभारम्भ गरेका हुन्।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममार्फत नागकिर एप्सको सुरुवात गरिएको हो।

प्रतिक्रिया