खेल


राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने

नेपालखबर
माघ २, २०७७ शुक्रबार १०:८,

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले आज सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको दोस्रो दिन २ खेल हुनेछ।

आगामी माघ ७ गते हुने लिगको उद्घाटन खेल काठमाडौंस्थित दशरथ रगंशालामा हुनेछ।

लिगका अन्य खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ। लिगको उद्घाटन र समापन दशरथ रगंशालामा हुनेछ। लिगमा एक दिन एक खेल हुनेछ भने अर्को दिन २ खेल हुने सार्वजनिक खेल तालिकामा उल्लेख छ।

लिगको दोस्रो दिन शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा विराटनगर नगरपालिका मोरङ र वालिङ नगरपालिका भिड्नेछन्।

राष्ट्रिय महिला लिगको विजेताले १५ तथा उपविजेताले ८ लाख रुपैयाँ पाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। लिगमा तेस्रो स्थानमा रहने टोलीले ५ तथा चौथो टोलीले ३ लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र हरेक विधाका उत्कृष्ट खेलाडी ( स्टाइकर, मिल्डफिल्डर, डिफेन्डर, गोलकिपर) र प्रशिक्षकले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

लिगमा शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad