राजनीति


ओलीका कुरामा हस्, हजुर नभनेर छलफलको माग गर्नु नै हाम्रो अपराध भयो : नेपाल

ओलीका कुरामा हस्, हजुर नभनेर छलफलको माग गर्नु नै हाम्रो अपराध भयो : नेपाल

नेपालखबर
माघ १, २०७७ बिहिबार ९:४२,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुरामा हस् र हजुर नभनेर आफूहरुले छलफलको माग गरेको बताएका छन्।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘प्रतिनिधि सभा विघटनको प्रतिगामी कदम र संवैधानिक व्याख्या’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले आफूहरुको अपराध भनेको छलफलको माग गर्नु रहेको बताए।

उनले आफूहरुले पार्टीभित्र नीतिगत, मापदण्ड, विधि, काम गर्ने तरिका, सरकार सञ्चालनको तरिकाबारे छलफलको माग गरेको बताए।

‘नीतिगत विषयमा, राष्ट्रिय सरोकारका विषयमा, जनसरोकारका विषयमा, सुशासन र सरकारको प्रभावकारिताका विषयमा, जनविश्वास आर्जन गर्न चाहिने कदमहरुका विषयमा छलफल गर्नुपर्‍यो, हाम्रो अपराध भनेको छलफलको माग गर्नु हो’, उनले भने, ‘उहाँ (ओली)को कुरामा हस्, हजुर नभन्नु नै हाम्रो अपराध हो।’

त्यस अपराधको परिणाम नेपालको कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र परिवर्तका पक्षधरहरुले भोगिरहेको बताए। उनले प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नचाहेको आरोप लगाएका छन्।

उनले प्रधानमन्त्रीले आफ्नो मर्यादाको ख्याल नगरेर प्रतिपक्षलाई पनि मानमर्दन गरेको बताए।

उनले पार्टीभित्र दास र भजन मण्डलीलाई मात्रै प्रधानमन्त्री विश्वास गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad