खेल


किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जावलाई आईलिगमा अग्रता

किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जावलाई आईलिगमा अग्रता

नेपालखबर
माघ १, २०७७ बिहिबार ९:३०,

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जाव फुटबल क्लवले आईलिग फुटबलमा ३–१ को अग्रता बनाएको छ।

कोलकताको साल्ट लेक मैदानमा जारी खेलको पहिलो हाफमा पञ्जावले गोकुलम केरला एफसीविरुद्द ३–१ अग्रता बनाएको हो।

पञ्जाबका लागि चेन्चो गेल्टसेनले १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएमा थिए। चेन्चोले नै २५ औं मिनेटमा दोस्रो गोल गरे। पहिलो हाफको ४४ औ मिनेटमा चेन्चोको पासमा रुपर्ट नाेनग्रामले १ गोल थप्दै अग्रता फराकिलो पारे।

गोकुलमका लागि २६ औं मिनेटमा फिलिप अर्जाडले १ गोल फर्काए। गोकुलमलले निकै राम्रो प्रहार गरेपनि बललाई सही दिशा दिन नसक्दा अग्रता बनाउनबाट चुकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad