प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली भगौडा भएको बताएका छन्।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूसँग ७२ प्रतिशत केन्द्रीय सदस्य रहेको दावी गरे। प्रधानमन्त्री ओलीले आफूहरुलाई भगौडा भनेको प्रश्नको जवाफमा प्रचण्डले उल्टै ३० प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको ओली समूह नै भगौडा समूह भएको बताएका हुन्।
‘उहाँ (केपी ओल)ले हामीलाई भगौडा भन्नुभएछ। ३० प्रतिशत पनि नभएको रैनाथे, ७२ प्रतिशत हुने भगौडा हुने?, अध्यक्ष प्रचण्डले भने।
१४१ जनाको केन्द्रीय समितिमा १० जना जुटेर ११ सय भन्दा बढीको केन्द्रीय सदस्य बनाउने विक्षिप्त मानसिकता भएको बताए।
अध्यक्ष प्रचण्डले ओली समूहलाई राजनीतिक जोकरको संज्ञा दिएका छन्।
Shares

प्रतिक्रिया