ad ad

राजनीति


ट्रम्पलाई महाभियोगः उनकै पार्टीका सांसदले विपक्षीलाई साथ दिँदै

ट्रम्पलाई महाभियोगः उनकै पार्टीका सांसदले विपक्षीलाई साथ दिँदै

नेपालखबर
पुस २९, २०७७ बुधबार ५:४०,

यसबीचमा ट्रम्पलाई महाभियोग लगाएर हटाउने डेमोक्रेटिक पार्टीको प्रस्तावमा उनकै पार्टी रिपब्लिकनका सांसदले साथ दिन थालेका छन्।

गतहप्ता अमेरिकी संसदमा ट्रम्पकै उक्साहटका कारण तोडफोड भएको बताउँदै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा महाभियोग प्रस्ताव पेश गरेको छ।

अहिले पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी सांसद लिज चेनी ट्रम्पविरुद्ध भोट गर्न तयार भएकी छिन्। उनले महाभियोगको प्रस्तावलाई स्वागत गरेकी हुन्।

रिचर्ड निक्सनको समयपछि पहिलोपटक राष्ट्रपति स्वयंको पार्टीबाट यस्तो निर्णय भएको हो।

‘यसअघि अमेरिकाको कुनै राष्ट्रपतिले आफ्नो कार्यालय र संविधानको शपथमाथि यस्तो ठूलो विश्वासघात गरेका थिएनन्’ उनी भन्छिन्,‘भीडलाई बोलाएर संसदमा आक्रमण गर्न लगाइयो।’

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले बुधबार महाभियोगको प्रस्तावमाथि मतदानको योजना बनाएको छ।

यसअघि डेमोक्रेटिक नेताहरुले महाभियोग प्रस्ताव पेस गर्न अगाडि नै ट्रम्पलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए। ट्रम्पले राजीनामा नदिएपछि महाभियोग प्रस्ताव पेस गरिएको हो। एजेन्सी

यो पनिः ट्रम्पविरुद्ध महाभियोग, जनवरी २० अगावै पदबाट हटाउने सम्भावना कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .