ad ad

राजनीति


प्रचण्ड-नेपाल समूहको बागमती प्रदेशस्तरीय भेला आज

प्रचण्ड-नेपाल समूहको बागमती प्रदेशस्तरीय भेला आज

नेपालखबर
पुस २९, २०७७ बुधबार ५:१,

नेकपाको प्रचण्ड-नेपाल समूहले आज (बुधबार) बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दैछ।

दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड-नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो।

सबै प्रदेशमा भेला सकिएपछि माघ २ गतेदेखि विरोध प्रदर्शनका कार्यक्रम शुरु गर्ने नेकपाले जनाएको छ। नेकपा (प्रचण्ड-नेपाल)ले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध कानूनी र राजनीतिक लडाइँलाई सँगसँगै अघि बढाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .