प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेका छन्।
यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए।
प्रधानन्यायाधीश जबराले इजलासमा अन्य भने पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्। ती न्यायाधीश हुन्- विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी।
न्यायाधीश प्रधानका विषयमा पनि कानुन व्यवासायीले प्रश्न उठाउन सक्ने छन्। प्रधान पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेतर्फबाट सांसद भएकी थिइन्।
केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा वर्तमान न्यायाधीश कार्की महान्यायाधिवक्ता थिए।
उनलाई संवैधानिक इजलासमा राखिएपछि संसद् विघटनविरुद्ध बहस गर्ने कानुन व्यवसायीले प्रश्न उठाएका थिए। यसैले उनी गत बुधबार इजलासबाट बाहिरिएका हुन्। त्यसपछि प्रधानन्यायाधीश राणाले आज इजलास पुनर्गठन गरेका हुन्।
याे पनि : वकिल भन्छन्: संसद् विघटन मुद्दामा बुधबार बृहत् पूर्ण इजलासको माग गर्छौँ
प्रतिक्रिया