ad ad

राजनीति


ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउने विषयमा तल्लो सदनमा बहस जारी, महाभियोग प्रस्तावमा आज मतदान हुने सम्भावना

ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउने विषयमा तल्लो सदनमा बहस जारी, महाभियोग प्रस्तावमा आज मतदान हुने सम्भावना

नेपालखबर
पुस २८, २०७७ मंगलबार २३:१०,

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्समा यतिबेला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट तत्काल हटाउनुपर्ने प्रस्तावमा बहस भइरहेको छ।

बीबीसीका अनुसार प्रस्तावमा भनिएको छ– पूरै प्रचारप्रसार तथा खुला रूपमा त्यस भीडलाई उक्साइएको थियो, जसले अघिल्लो साता अमेरिकी संसदमा हमला गरेको थियो।

प्रस्तावमा अगाडि भनिएको छ– अब उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपतिको जिम्मेवारी लिनुपर्छ।

तल्लो सदनमा डेमोक्रेटिक पार्टीका सांसदको बहुमत छ। उनीहरूले उपराष्ट्रपति पेन्ससँग संविधानको २५औं संशोधन गरेर ट्रम्पलाई राष्ट्रपति पदका लागि अयोग्य घोषित गर्न आग्रह गरिरहेका छन्।

२५औं संशोधनअन्तर्गत उपराष्ट्रपतिलाई राष्ट्रपति बनाउने अधिकार हुन्छ। जब राष्ट्रपति आफ्नो जिम्मेवारी निर्वाह गर्न असमर्थ हुन्छ। उदाहरणका लागि जब उनीहरू शारीरिक वा मानसिक रोगका कारण अयोग्य हुन्छन्।

यसैबीच राष्ट्रपति ट्रम्पविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावमा आज (बुधबार ) तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मतदान हुने सम्भावना पनि रहेको बीबीसीले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको पार्टी डेमोक्रेटिकका सांसदले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पनि सँगसँगै अगाडि बढाएका छन्।

गत बुधबार अमेरिकी संसद भवनमा बैठक चलिरहेकै बेला एक प्रहरीसहित ५ जनाको हत्या हुने गरी भएको आक्रमणमा ट्रम्प दोषी रहेको दाबी गर्दै उनीहरूले तल्लो सदनमा उनीविरुद्ध गत सोमबार महाभियोग प्रस्ताव दर्ता गराएका हुन्।

याे पनि :  ट्रम्पविरुद्ध महाभियोग, जनवरी २० अगावै पदबाट हटाउने सम्भावना कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .