ad ad

राजनीति


शान्तिपूर्ण कार्यक्रममा प्रहरी दमन भएको भन्दै राप्रपा अध्यक्ष राणाले गरे छानविन माग

शान्तिपूर्ण कार्यक्रममा प्रहरी दमन भएको भन्दै राप्रपा अध्यक्ष राणाले गरे छानविन माग

नेपालखबर
पुस २८, २०७७ मंगलबार ८:०,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीका अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै अध्यक्ष राणाले उक्त घटनाको छानविन गर्न माग गरेका हुन्।

‘पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उत्सवमा राष्ट्र निर्माताको सालिकमा माल्यार्पण गर्न जाँदा किन प्रहरी दमन भयो? राष्ट्रिय विभूतिप्रति सम्मान, श्रद्धा व्यक्ति गर्ने गैरराजनीतिक, शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गर्दछु’, ट्विट गर्दै राणाले भनेका छन्।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा प्रहरी र राजावादीको समूहबीच सोमबार झडप भएको थियो। राप्रपा अध्यक्ष राणाको नेतृत्वमा रहेको र्यालीलाई प्रहरीले रोक्दा झडप भएको थियो।

उक्त घटनालगत्तै राणाले सरकारले लोकतन्त्रविरोधी कार्य गरेर नागरिकको नैसर्गिक अधिकारमाथि क्रुर दमन र अन्याय गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका थिए।

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेपछि राणाले, प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना गरेरै छाड्ने उद्घोष गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .