राजनीति


खराब मौसमका कारण जहाज नउड्दा प्रचण्ड–नेपाल समूहको पोखराको कार्यक्रम प्रभावित

खराब मौसमका कारण जहाज नउड्दा प्रचण्ड–नेपाल समूहको पोखराको कार्यक्रम प्रभावित

नेपालखबर
पुस २८, २०७७ मंगलबार ७:३२,

खराब मौसमका कारण काठमाडौँबाट पोखरा जहाज नउड्दा प्रचण्ड–नेपाल समूहको पोखराको कार्यक्रम प्रभावित भएको छ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नेगरी बिहान ११ बजेका लागि तय गरिएको बृहत कार्यकर्ता भेला एवं अभिमुखीकरण कार्यक्रम दिउँसो सवा १ बजेसम्म पनि सुरु हुन सकेको छैन।

अध्यक्षद्वय लगायत केन्द्रीय नेताहरु ७. ३० बजेको विमानमा पोखरा आउने र ८ बजे पत्रकार सम्मेलन गर्नेगरी कार्यक्रम तय गरिएको थियो।

 कार्यक्रम स्थलमा रहेका एक नेताले नेपालखबरसँग भने, ‘उहाँहरु ८ बजे पोखरा आइपुग्ने, त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने र ११ बजेबाट कार्यकर्ता भेला अगाडि बढाउने कार्यक्रम तय भएको थियो। खराब मौसमका कारण विमान नउड्दा उहाँहरु १ बजेसम्म पनि आइपुग्नु भएको छैन।’

उनले मौसम सुधार आएका कारण भर्खरै काठमाडौँबाट उडान भएको खबर आएको जानकारी दिए।

प्रचण्ड-नेपाल समूहले पोखराको एसआर पार्टी प्यालेसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको छ।

अहिले कार्यक्रका सहभागीहरु केन्द्रीय नेताहरुको प्रतीक्षामा रहेको ती नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad