राजनीति


पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति लेखक खगेन्द्र संग्रौलाको आपत्ति

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति लेखक खगेन्द्र संग्रौलाको आपत्ति

नेपालखबर
पुस २७, २०७७ सोमबार १५:१२,

लेखक खगेन्द्र संग्रौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

पूर्वराजा शाहले ‘राजगद्दी त्यागेर उच्च साहस र इमानदारी प्रदर्शन गरेको’ धक्कु लगाएको भन्दै साहित्यकार संग्रौलाले खण्डन गरेका हुन्।

‘पूर्वराजा ज्ञानेन्द्रले ‘राजगद्दी त्यागेर उच्च साहस र इमानदारी प्रदर्शन गरेको’ धक्कु लगाएछन्,’ लेखक संग्रौलाले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘निरंकुशता, प्रलोभन र अहंकारका कारण कुख्यात भई जनआक्रोशको अदम्य ज्वालासामु शाही जर्नेहरूसमेतले त्यागेपछि ज्ञानेद्र वनवास लखेटिएका होइनन् र? ढाँटेको कुरो काट्टे ठहर्दैन, मान्यवर !’

याे पनि : पूर्वराजा ज्ञानेन्द्रले भने : हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा छौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad