नयाँ राहदानीमा चिनियाँ शब्दलाई थोरै प्राथमिकतामा राखेर ताइवान भन्ने शब्दलाई ठूलो प्राथमिकताका साथ छापिएको छ।
ताइवानले नयाँ पासपोर्टमा ठूलो शब्दमा ताइवान लेखेको छ भने ‘रिपब्लिक अफ चाइना’ भन्ने शब्दलाई सानो शब्दमा लेखेको छ।
ताइवानले कोरोना प्रकोपबीच विभिन्न देश रिपब्लिक अफ चाइना लेखिएको शब्दले झुक्किएपछि पासपोर्टमा ताइवान शब्दलाई प्राथमिकताका साथ छापिएको जनाएको छ।
पहिलेको पासपोर्टका कारण आफ्ना नागरिकले विभिन्न देशको भ्रमण गर्न नपाएको ताइवानको भनाइ छ।

ताइवानले गतवर्ष मात्र राहदानीमा परिवर्तन ल्याउने बताएको थियो। पछिल्लो समय ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउने गरेको छ।
यद्यपी ताइवान आफ्नो भएको दाबी गर्ने चीनले ताइवान आफ्नो भूभाग भएकाले मन लागेको समयमा यस क्षेत्रलाई कब्जामा लिनसक्ने बताउँछ।
चीन शब्दलाई संकुचित बनाएर लेखिने भएपछि चीनले गतवर्ष नै प्रतिक्रिया स्वरुप पासपोर्टमा गरिएको परिवर्तनले ताइवानलाई चीनबाट अलग्याउन नसकिने बताएको थियो। एससीएमपी

प्रतिक्रिया