प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गरेका छन्।
आइतबार प्रधानमन्त्री ओली राष्ट्रिय सभामा सम्बोधनका लागि रोस्टममा जाँदै गर्दा प्रचण्ड–नेपाल समूहका सांसद भने हाजिरी गरेर बैठक स्थलबाट बाहिरिएका हुन्।
सो समूहका राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले प्रधानमन्त्री ओलीको भाषण सुनिरहन आवश्यक नठानेर बाहिरिएको बताए।
‘हामीलाई उहाँ (ओली) को भाषण सुन्न पनि मन लागेन र आवश्यक पनि ठानेनौँ’, भुसालले नेपालखबरसँग भने, ‘त्यसैले बैठक छाडेर हामी बाहिर निस्कियौँ।’
भुसालले नेकपाका २३ जना सांसदहरुले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरेको बताए।
नेकपा राष्ट्रिय सभा संसदीय दलका सचेतक खिमलाल भट्टराईले प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा केही सांसदहरु बाहिरिएको बताए।
‘केही संसद बिदा मागेर र कोही हाजिर गरेर बाहिर निस्कनु भयो’, देवकोटाले नेपालखबरसँग भने, ‘उहाँहरु कहाँ जानु भएको हो भन्नेबारेमा केही पनि जानकारी गराउनु भएको छैन।’
सांसद वामदेव गौतम भने कुनै पनि पक्षमा नखुलेको र पार्टी एकता अभियानको घोषणा गरेका छन्। उनी बैठकमा पुरै समय बसेका थिए।
राष्ट्रिय सभामा नेकपाका ४७ सांसद रहेका छन्।
Shares

प्रतिक्रिया