राजनीति


खतिवडाले भने : संसद पुनःस्थापना भयो भने कांग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन

खतिवडाले भने : संसद पुनःस्थापना भयो भने कांग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन

नेपालखबर
पुस २६, २०७७ आइतबार १०:२४,

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन्।

आइतबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताएका हुन्।

प्रतिनिधिसभा विघटन भएका विषयमा पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तितर्फ केन्द्रित हुँदै पूर्वसांसद खतिवडाले प्रश्न गरे, ‘सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन?’ यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको उनले बताए।

फरक प्रसंगमा युवा नेता खतिवडाले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै बताए। ‘एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले कांग्रेस सरकारमा जानु हुँदैन’, उनले भने, ‘कांग्रेस सरकारमा जान्छ तर निर्वाचन जितेर।’

प्रतिनिधिसभा पुनःबहाली भएमा सांसद किनबेच सुरु हुने विचार गर्दै उनले निर्वाचनको विकल्प नरहेको बताए। उनले भने, ‘संसद् पुनःबहाली भयो भने संयुक्त सरकार हुन्छ। फेरि सांसद किनबेच शुरु हुन्छ। कांग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन।’

कांग्रेसले वडावडामा जानू भनेर कार्यकर्तालाई खटाउनु नै निर्वाचनको तयारी भएको उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad