राजनीति


अदालतले प्रतिनिधि सभा पुनःस्थापना नगरे निर्वाचनमा जानुपर्छ : कोइराला

अदालतले प्रतिनिधि सभा पुनःस्थापना नगरे निर्वाचनमा जानुपर्छ : कोइराला

नेपालखबर
पुस २६, २०७७ आइतबार ६:३१,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वोच्च अलादलते प्रतिनिधि सभा पुनःस्थापना नगरे निर्वाचनमा जानुको विकल्प नभएको बताए।

आइतबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकार गर्ने बताए।

‘बकांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकारेर अगाडि बढ्छ’, डो कोइरालाले भने, ‘अदालतले प्रधानमन्त्रीको निर्णय सदर गरेको अवस्थामा कांग्रेस निर्वाचनमा जानुपर्छ, चुनावबाट कोही पनि भाग्न मिल्दैन।’ उनले कांग्रेसले संसद् भंग गर्ने काम असंवैधानिक भएको बताएको भन्दै असंवैधानिक भनेकै कारण पुनःस्थापनाका लागि संघर्ष गर्नुपरेको बताए।

नेता कोइरालाले प्रतिनिधि सभा पुनःस्थापना नभए निर्वाचनको सुनिश्चितताका लागि दबाब दिनुपर्ने बताए।

नेता कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना पनि नहुने र वैशाख १७ मा चुनाव पनि नहुने अवस्थामा मात्रै प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई फाल्न संयुक्त संघर्ष आवश्यक हुने बताए। त्यसअघि कांग्रेसले कसैसँग सहकार्य नगर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .