कारोबार


एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

नेपालखबर
पुस २६, २०७७ आइतबार ६:२५,

एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकताअनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भए पनि सजिलै अडियोमार्फत अध्ययन गर्नसक्ने भएका छन्।

एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ जसअन्तर्गत विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्छन् ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यस नवीन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो। यो अभियानले हालको विषम परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ।

पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकोले सिकाइको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ।

यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको लागि विशेष महत्व राख्दछ र विविध अवरोधहरुका बाबजुद सजिलै सिक्न र आफ्नो वास्तविक क्षमता उजागर गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ।

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिनेछ ।

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन् । ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्छन्। इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुचारु गर्न सक्छन्।

अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन्। ३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र रु ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् । त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित मात्र रु १४ मा १०० मिनेटको अडियो क्लासको सेवा बाट फाइदा लिन सक्छन्।

कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा मात्र रु ७ मा फेरी खरिद गर्न सक्छन् । यस सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन् ।

यही अनपज अभियान अन्तर्गत एनसेलले यो भन्दा अगाडि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गो सिम, कामदार र काम दिनेलाई एउटै प्लेटफर्ममा जोड्न एनसेल जबसप जस्ता विभिन्न योजना ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad