प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले सूदूरपश्चिम प्रदेशमा आफ्नो पक्ष बहुमतमा रहेको दावी गरेका छन्।
शुक्रबार सो समूहले आयोजना गरेको प्रदेशस्तरीय जनसभामा बोल्दै नेता थापाले सुदूरपश्चिम प्रदेशका सबै तहका जनप्रतिनिधि आफ्नो पक्षमा रहेका दावी गरेका हुन्।
उनले सुदूरपश्चिका पाका नेतादेखि युवासम्म आफ्नो पक्षमा रहेको बताउँदै उनले प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले पछाडि पारेकाहरुलाई आफूले समेटेर अगाडि बढ्ने बताए।
उनले प्रधानमन्त्री ओलीले पहिलोपटक उपत्यका बाहिर सुदूरपश्चिमलाई सम्बोधन गर्न आएका भन्दै धन्यवाद दिए।

प्रतिक्रिया