ad ad

राजनीति


किमद्वारा उत्तर कोरियाको आर्थिक योजना सबै क्षेत्रमा असफल भएको स्विकारोक्ति

किमद्वारा उत्तर कोरियाको आर्थिक योजना सबै क्षेत्रमा असफल भएको स्विकारोक्ति

नेपालखबर
पुस २३, २०७७ बिहिबार १३:१२,

विरलै हुने सत्तारुढ वर्कर्स पार्टीको सम्मेलनमा किमले सन् २०१६ मा ल्याइएको पञ्च वर्षीय आर्थिक योजना असफल भएको बताएका हुन्।

उत्तर कोरियाले गतवर्षको जनवरीदेखि कोरोनाबाट बच्ने भन्दै आफ्नो सीमा बन्द गरिदिएको छ।

परमाणु गतिविधिका कारण पहिल्यै अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तरले कोरोना प्रकोपबीच अर्थतन्त्रमा ८० प्रतिशतको गिरावट व्यहोरेको बीबीसीले जनाएको छ।

त्यसमाथि भिषण बाढी र टाइफुनका कारण त्यहाँको कृषि क्षेत्रमा ठूलो घाटा पुगेको छ। यसबीचमा किमले देशको आर्थिक योजना असफल भएको बताएका हुन्।

सार्वजनिक भएको फुटेजहरुमा देखिएअनुसार पार्टीको सम्मेलनमा कसैले मास्क लगाएका थिएनन्।

किमले सम्मेलनमा गल्तीहरुलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले उत्तर कोरियाले फेरि नयाँ आर्थिक योजना ल्याउने विश्वास गरिएको छ।

उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना संक्रमित कोही नभेटिएको बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .