ad ad

राजनीति


राष्ट्रिय सभा : पहिलो नम्बरमा बोल्दै वामदेव गौतम, यी हुन् आज बोल्ने अन्य ११ जना

राष्ट्रिय सभा : पहिलो नम्बरमा बोल्दै वामदेव गौतम, यी हुन् आज बोल्ने अन्य ११ जना

नेपालखबर
पुस २३, २०७७ बिहिबार ६:५६,

राष्ट्रिय सभाको आजको बैठकमा सुरुमै नेकपा उपाध्यक्ष वामदेव गौतमले विशेष समयमा आफ्नो धारणा राख्ने भएका छन्।

नेकपा विभाजनपछि कुनै पक्षतर्फ पनि नखुलेका गौतमले प्रतिनिधि सभा विघटनबारे केहि प्रतिक्रिया दिएको भए पनि आफ्नो विस्तृत धारणा सार्वजनिक गरेका छैनन्।

आजको बैठकमा नेकपा नेता गौतमले राख्ने धारणा अर्थपूर्ण मानिनेछ।

यसअघि बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा बोल्ने सांसदहरुले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनी त्यसको चर्को विरोध गरेका थिए।

त्यसैगरी, आजको बैठकमा नेकपाकै खिमलाल भट्टराई, गंगाकुमारा बेलबासे, राम लखन चमार र शेर बहादुर कुँवर, नेपाली कांग्रेसका रमेशजंग रायमाझी, प्रकाश पन्थ र अनिता देवकोटा, जनता समाजवादी पार्टी नेपालका शेखर कुमार सिंह र मृगेन्द्रकुमार सिंह र मनोनित सांसदहरु रामनारायण विडारी र डा। विमला राई पौड्याल बोल्ने तय भएको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .