ad ad

राजनीति


बाइडेनको जित पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्पका समर्थकले गरे सदनमै हिंसात्मक हमला

बाइडेनको जित पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्पका समर्थकले गरे सदनमै हिंसात्मक हमला

नेपालखबर
पुस २३, २०७७ बिहिबार ०:५३,

अमेरिकामा जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको हमलामा परी एक महिलाको मृत्यु भएको छ।

क्यापिटल बिल्डिङभित्र अमेरिकी सदनमा सांसदहरूबीच बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेर हुलदंगा गरेका हुन्।

त्यस क्रममा गोली लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ। तर अहिलेसम्म उनको पहिचान भएको छैन भने त्यहाँको प्रहरीले उनी साधारण नागरिक भएको बताएको छ।

यसैबीच हुलदंगामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। साथै पाँचवटा बन्दुक पनि बरामद भएका छन्। प्रहरी प्रमुख रोबर्ट कान्टीले घटनामा घाइते भएका अधिकारीको उपचार भइरहेको बताएका छन्।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्पका समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नुपर्‍यो। ट्रम्पका समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए।

त्यस क्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएका हुन्। 

अमेरिकी सिनेटकाे एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मत गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो।

प्राय: उक्त प्रक्रिया छाेटाे हुन्छ तर ट्रम्पकाे पार्टी रिपब्लिकन सांसदले केही मत परिणाम अस्वीकार गरिरहेका थिए। 

तर बाइडनको जित रोक्ने ट्रम्पका कुनै पनि प्रयास विफल हुने निश्चित रहेकाे बीबीसीले जनाएकाे छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .