राजनीति


चीनले युद्धको लागि तयार भएको बताएपछि अमेरिका र ताइवानबीच वार्ता हुँदै

चीनले युद्धको लागि तयार भएको बताएपछि अमेरिका र ताइवानबीच वार्ता हुँदै

नेपालखबर
पुस २२, २०७७ बुधबार १२:५८,

बिहीबार राजनीतिक र सैन्य सहकार्य गर्नेबारे ताइवान र अमेरिकाबीच महत्वपूर्ण वार्ता हुन लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ताइवानको समयअनुसार बिहीबार बिहान ७ बजेर ३० मिनेटमा वार्ता हुनेछ। अमेरिकामा सरकार परिवर्तन हुन लागेको बेला अमेरिकी राज्य विभागले वार्ताको तालिका बनाएको बताइएको छ।

अमेरिका र ताइवानबीच आर्थिक समृद्धि साझेदारी वार्ता भएको दुई महिनापछि नै फेरि अनलाईन वार्ता हुन लागेको हो।

यस वार्तामा गम्भीर विषयमा छलफल हुने जनाइएको छ। अमेरिकाको राजनीतिक–सैन्य मामिलाका लागि राज्य सचिव क्लार्क कुपर पनि यस वार्तामा सहभागी हुनेछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार मात्र जुनसुकै बेला पनि युद्ध हुनसक्ने खतरा बढेकाले उनले युद्धको लागि ‘हरेक सेकेन्ड’ तयार हुन आफ्ना सेनालाई निर्देशन दिएका थिए।

सीले सेनालाई पुरै समय लडाइँको रणनीतिमा खर्चिन भनेका थिए। सीले यसअघि नै आफूहरु जस्तो सुकै खतराका लागि तयार भएको बताउँदै युद्ध भएमा युद्धका लागि पनि आफूहरु तयार भएको बताउँदै आएको छ।

सीको पछिल्लो निर्देशन भारत र ताइवानतर्फ केन्द्रित भएको अनुमान गरिएको थियो।

यसबीचमा अमेरिका र ताइवानबीच चिनियाँ अभिव्यक्तिको भोलिपल्टै वार्ता गर्ने निर्णय भएको हो।

यो पनिः चिनियाँ सेनालाई राष्ट्रपति सीको निर्देशनः जुनसुकै बेला युद्ध हुनसक्छ, तयार रहनू

चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानसँग उसको विवाद दिनदिनै बढ्दै गएको छ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिइरहँदा ताइवानले आफू स्वतन्त्र मुलुक भएको बताउँदै आएको छ।

पछिल्लो समय ताइवानले चिनियाँ खतरासँग जुध्ने भन्दै अमेरिकाबाट हतियारहरु खरिद गर्न थालेको छ। अमेरिकी सैन्य जहाजहरु चीन र ताइवानको समुद्री सीमासम्मै पुग्ने गरेको छ।

ताइवान र अमेरिकाबीचको बढ्नो सम्बन्धले चीन सन्तुष्ट छैन। चीनले अमेरिकालाई पनि आवश्यक कारवाही गर्ने चेतावनी दिइरहेको छ। चिनियाँ युद्धक विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad