पाँचतारे होटल सोल्टीले फागुनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेस्टुरेन्ट सेवा सुरु गर्ने भएको छ।
विमानस्थलले आह्वान गरेको खुला प्रतिस्पर्धामार्फत सोल्टी होटलले तीन वर्षका लागि रेष्टुरेन्ट सञ्चालनको अनुमति पाएको हो।
विमानस्थलमा यसअघि थाइ एयरवेजले रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो।
‘विमानस्थलसंग ३ वर्षको लागि सम्झौता भैसकेको छ,’ होटलका उपाध्यक्ष सुदर्शन चापागाईले नेपालखबरसँग भने ‘विमानस्थलमा कस्तो सेवा सुविधा हुने भन्ने विषयमा डिजाइनको काम भैरहेको छ।’
१८ सय स्क्वायर फीट क्षेत्रफलमा रहेको रेष्टुरेन्टलाई नयाँ डिजाइन गरिने चापागाईले जानकारी दिए।
डिजाइन नयाँ बनाउन होटलले काम थालिसकेको उपाध्यक्ष सुदर्शन चापागाईले बताए।

प्रतिक्रिया