राजनीति


कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको नेपालले गर्‍यो स्वागत

कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको नेपालले गर्‍यो स्वागत

नेपालखबर
पुस २२, २०७७ बुधबार १२:४,

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गल्फ कोअपरेसन अर्गनाइजेनको सम्मेलनमा गरिएको निर्णयले त्यस क्षेत्रलाई स्थायित्व र सहकार्यतर्फ लैजाने विश्वास व्यक्त गरेको छ।

‘स्थल, वायु तथा जल सीमाहरु खोल्ने साउदी अरबको निर्णयको नेपाल सरकार स्वागत गर्दछ’ विज्ञप्तिमा भनिएको छ,‘गल्फ कोरपरेसन अर्गनाइजेसनका नेताहरुको हिजो भएको सम्मेलनले लिएको निर्णयहरुले त्यस क्षेत्रमा स्थायीत्व र सहकार्यतर्फ लैजान र सहमति हुन बाँकी रहेका मुद्दाहरुको समाधान गर्न महत्वपूर्ण योगदान हुने विश्वास नेपालले लिएको छ।’

विज्ञप्तिमा नेपालले खाडी क्षेत्रका देशहरुसँग नेपालको द्विपक्षीय
सम्बन्ध राम्रो रहेको जनाएको छ।

सरकार र नेपालका जनताले खाडी क्षेत्रमा शान्ति, समृद्धि र विकासका लागि सधै कामना गर्ने गरेको विज्ञप्तीमा जनाइएको छ।

सन् २०१७ मा साउदीको नेतृत्वमा कतारमाथि नाकाबन्दी लगाइएको थियो।

आतंकवादलाई समर्थन गरेको भन्दै साउदीसँगै यूएई, बहराइन तथा इजिटप्ले कतारमाथि व्यापारिक, राजनीतिक, तथा यात्रा प्रतिबन्ध लगाइएको थियो।

मंगलबार कतारमाथिको प्रतिबन्ध हटाएको घोषणा गर्दै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानी शासन र उसले थप्दै गएको विध्वसात्मक चुनौतीविरुद्ध एक हुन कतारसँगको सहकार्य महत्वपूर्ण रहेको बताएका थिए।

कतारसँगको सम्झौता खाडी मुलुक, अरब र इस्लामिक एकता र स्थिरताका लागि भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .