प्रेस काउन्सिल नेपालले राजनीतिक दलका नेताहरुले विभिन्न कार्यक्रममा प्रयोग गरेका भनिएका कतिपय अमर्यादित भाषा तथा शब्द समाचारमा प्रयोग नगर्न आग्रह गरेको छ।
बुधबार एक सूचना प्रकाशित गरी प्रेस काउन्सिलले राजनीतिक दलका नेताहरुले एक अर्काप्रति लक्षित गरी बोलेका भाषा, शब्द तथा सडकमा लाग्ने अमर्यादित नारालाई आधार मानेर समाचार प्रकाशन हुने गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
‘अहिलेको सम्वेदनशील घडीमा राजनीतिक दल/नेताहरुबाट एक अपसमा लक्षित गर्दै कुनै बैठक तथा सभाहरुमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाई, भाषा, शब्द, सडकमा लागेका उच्छृंखल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरुको मर्यादामा आँच पुग्ने गरी मूल शीर्षक बनाइ तोडमोड गरी नकारात्मकतालाई मद्दत पुर्याउने किसिमबाट सञ्चारमाध्यमहरुबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) विपरित सामग्रीहरु प्रचार प्रसार भइरहेको देखिएको’ काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलले सार्वजनिक शिष्टाचार, सामाजिक मर्यादा, सार्वजनिक सद्भाव, व्यक्तिको आत्मसम्मान समेतलाई ख्याल गरी सामग्री सम्प्रेशष गर्न, सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता, आमसञ्चारकर्मी, पत्रकार सबैसँग अपिल गरेको छ।

Shares

प्रतिक्रिया