राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा यी वरिष्ठ अधिवक्ताले गर्दै छन् बहस

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा यी वरिष्ठ अधिवक्ताले गर्दै छन् बहस

नेपालखबर
पुस २२, २०७७ बुधबार ८:३२,

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताहरुले बहस गर्ने भएका छन्।

कृष्ण प्रसाद भण्डारी, रमण श्रेष्ठ र शम्भु थापालगायतका वरिष्ठ अधिवक्ताहरुले बहस गर्न लागेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको पाँच जनाको संवैधानिक इजलासमा सरकारकाे कदमविरूद्ध परेका रिटमाथि सुनुवाइ भइरहेको छ।

‘टी ब्रेक’ अगाडिसम्म संवैधानिक इजलास अधिकृतले रिट निवेदन र त्यसको जवाफ पढेर सुनाउने काम भएको छ।

विघटन असंवैधानिक कदम भएको भन्दै परेको रिटमा पुस १३ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेको थियो।

त्यसको जवाफ पुस १९ गते नै सर्वोच्चमा आएकाे थियाे। रिट र जवाफ सुनाएसँगै अब मुद्दामाथिको बहस सुरु हुनेछ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओलीसहित १३ वटा रिट दायर गरेका थिए।

यही पुस ५ गते सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनकाे मिति घाेषणा गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad