राजनीति


गण्डकी प्रदेशको विशेष अधिवेशन आजदेखि

गण्डकी प्रदेशको विशेष अधिवेशन आजदेखि

नेपालखबर
पुस २१, २०७७ मंगलबार ४:६,

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज (मंगलबार) देखि सुरु हुँदै छ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि विषेश अधिवेशन बोलाइएको हो।

अधिवेशनमा कोरोना भाइरसको महामारी नियन्त्रणका विषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गर्दै ३० मंसिरमा निवेदन दिएका थिए।

प्रदेश १ र बागमती प्रदेशमा जस्तो गण्डकी प्रदेशमा सरकार फेरबदलको खेल सुरु भएको छैन। नेकपाको केपी ओली पक्ष बहुमतमा रहेकाले अहिलेसम्म मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद सुरक्षित छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३९ सदस्य छन् । जसमध्ये ओली पक्षमा २७ जना छन् भने प्रचण्ड–नेपाल पक्षमा १२ जना मात्रै छन्। त्यस्तै, कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad