राजनीति


प्रचण्डलाई ओलीको कटाक्ष : कार्यकारी दिएको उपद्रो मच्चाउनुभो

प्रचण्डलाई ओलीको कटाक्ष : कार्यकारी दिएको उपद्रो मच्चाउनुभो

नेपालखबर
पुस १९, २०७७ आइतबार ११:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन्।

आइतबार आफूनिटक विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिँदा उपद्रो मच्चाएको आराेप लगाए।

उनले आफूले प्रचण्डलाई कार्यकारीबाट हटाए पनि अध्यक्षमा भने यथावत् नै राखेको भन्दै पार्टीमा फर्कन आग्रह गरेका छन्।

‘कार्यकारी मैले दिएको थिए, कार्यकारी दिँदा अत्यन्त उपद्रो मच्चाउनु भयो, मैले हटाइदिएको छु’, प्रचण्डमाथि कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अध्यक्षको पद अहिलेपनि कायमै राखेको छु, आउनुहोस।’

उनले वरिष्ठ नेतथाहरुबको पद पनि कायमै राखेको भन्दै पार्टीमा आउन आग्रह गरे।

उनले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि पनि कटाक्ष गरेका छन्। उनले श्रेष्ठलाई प्रवक्ताको तोक दिएको बताउँदै साह्रै बढी दुर्गन्घ फैलाउने काम गरेका कारण प्रवक्तबाट हटाएको र सचिवालयमा भने यथावत नै राखेको बताए।

‘प्रवक्ता भनेर तोक दिएको थियो, प्रवक्ताले साह्रै बढी च्याङ् च्याङ् गर्ने, छ्यास छ्यास गर्ने, दुर्गन्ध फैलाउने काम गरिरहनु भयो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण प्रवक्ताबाट हटाइएको छ, तर सचिवालय सदस्य कायमै राखिएको छ, आउनुहोस् फर्किएर। सच्चिएर काम गर्नुहोस्।’

उनले चुनाव सूर्य चिन्ह आफ्नै हुने भन्दै कार्यकर्तालाई चिन्ता नलिन आग्रह गरे।

‘केही साथीहरुलाई चिन्ता छ, सूर्य चिन्ह नपाउने हो कि भन्ने’, उनले भने, ‘चिन्ता नलिनुहोस्, सूर्य चिन्ह हामीले नपाए कसले पाउछ त?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad