राजनीति


नेकपाका दुवै समूहलाई सात दिनभित्र आधिकारिकता पुष्टि गर्न आयोगको पत्र

नेकपाका दुवै समूहलाई सात दिनभित्र आधिकारिकता पुष्टि गर्न आयोगको पत्र

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १६:१६,

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ।

आयोगले शुक्रबार दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्।

आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीकाे अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताए। अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो।

जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नु पर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ। त्यसमा कुन मितिमा कुन केन्द्रीय समितिबाट के विवरण परिवर्तन भएको हो भन्ने विषयको निर्णय गरिन्छ।

‘पार्टीको वैधानिकताका सम्बन्धमा आज दुवै पक्षलाई पत्र पठाएका छौं,’ प्रमुख आयुक्त थपलियाले भने।

ओली नेपाल समूहमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै पार्टीको अध्यक्षबाट हटाएका छन्। अर्कोतर्फ अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समितिको संख्या ११ सय ९९ पुर्‍याएको निर्णय गर्दै ५ सय ४६लाई मनोनय गरेका थिए। निर्वाचन आयोगमा ४ सय ४७ सदस्यीय केन्द्रीय सदस्यहरुको नाम रहेको छ।

सत्तारुढ नेकपा विभाजनको क्रममा गएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्ष र प्रचण्ड–नेपाल नेतृत्वको नेकपा दुवैले आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा गई आफूहरु नै मूल पार्टी भएको हुँदा पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग हुनुपर्ने दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad