जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको बताएकी छन्।
उनले प्रधानमन्त्रीको कदम २०१७ सालमा महेन्द्रले चालेको कदमको पनरावृत्ति भृएको बताइन्।
शुक्रबारबाट सुर भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई संम्बोधन गर्दै सांसद कुमारीले गणतन्त्र, संघीयताविरोधी भएको बताइन्।
प्रधानमन्त्रीले चालेको यो कदम २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको प्रतिगमनकारी कदमकै पुनरावृत्ति हो’, उनले भनिन्, ‘यो सामान्य घटना नभई संविधानमाथिकै ‘कू’ हो।’
उनले प्रधानमन्त्रीलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेको बताइन्।
प्रधानमन्त्रीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्नुभएको हो’, उनले भनिन्, ‘प्रधानमन्त्रीको यस कदमलाई उहाँका शृंखलाबद्ध अभिव्यक्तिसँग जोडर हेर्दा उहाँको गणतन्त्र, संघीयता र समावेशिताविरोधी चरित्र झल्किन्छ।’
उनले ओलीले गणतन्त्रको आन्दोलनलाई बयलगाडामा चढेर अमेरिका पुगिँदैन भनेर आफ्नो गणतन्त्रविरोधी चरित्र स्पष्ट पारेको बताइन्। उनले पहिचानसहितको संघीयताको आन्दोलनलाई साम्प्रदायिक, विखण्डनकारी र आयातित भन्दै आन्दोलनकारीलाई जातिवादीको आरोप लगाएर आफू एकतात्मक, कृद्रिककृत र नश्लवादको पक्षमा प्रधानमन्त्री उभिएको बताइन्।
मधेस आन्दोल, जनआन्दोल, जनयुद्ध, थारु विद्रोहबाट प्राप्त उपल्ब्धिका विरुद्ध पश्चिगामीहरु लागेका बेला प्रधानमन्त्रीले तिनै प्रतिगामीको नेतृत्व गर्दै प्रतिनिधिसभा विघटन गरेको बताइन्।
राष्ट्रपति संविधानको रक्षक हुने भन्दै उनले राष्ट्रपतिजस्तो गरिमामय पदमा बस्ने महिलाले पनि आफ्नो सुझबुझको साथ संविधानसम्मत निर्णय गर्न नसेकाका कारण समाजमा महिला अपहेलित भएको र महिलाप्रतिको विश्वास घट्दै गएको बताइन्।
उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुगेको भन्दै उनले संवैधानिक इजलाजले प्रतिनिधिसभा पुनस्र्थापन गर्नेमा आफू विश्वस्त भएको बताइन्।

प्रतिक्रिया