नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम पहिलोपटक राष्ट्रिय सभा बैठकमा सहभागी भएका छन्।
नेपाल सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।
संसद स्थगित रहेको समयमा मनोनित भएको गौतम शुक्रबारबाट सुरु भएको हिँउदे अधिवेशनमा पहिलोपटक सहभागी भएका हुन्।
यसअघि गौतमलाई राष्ट्रिय सभामा गरेको मनोनित बदर गर्न सर्वोच्च अदालतमा रिट दायर भएको थियो। अदालतले उक्त रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेपछि गौतमलाई राष्ट्रियसभामा प्रवेशका लागि ढोका खुलेको हो।
गौतम गत प्रतिनिधि सभामा बर्दिया क्षेत्र नं. १ बाट पराजित भएका थिए।

प्रतिक्रिया