नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी विभाजनको संघारमा पुग्दा आफ्नो मुटु चिरिएको बताएका छन्।
उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै सो धारणा राखेका हुन्।
‘विभाजनको यो संघारमा आउँदा मेरो मुटु चिरिएको अनुभूति गरेको छु,
विगतका फुटमा यस्तो अनुभूति गरेको थिइन,’ सभालाई सम्बोधन गर्दै शर्माले भने, ‘अहिलेको विभाजन सिद्धान्तका आधारमा भएको छैन।’
प्रतिनिधि सभा विघटन भएका बेला उपल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु भएको हो।
शर्माले प्रतिनिधि सभा नभएका बेला राष्ट्रिय सभा अधिवेशनको महत्व निकै उच्च भएको बताए।
‘औपचारिक घोषणा नभए पनि पार्टी विभाजनको संघारमा छ, प्रतिनिधि सभा विघटन र पार्टी विभाजनको विशिष्ट राजनीतिक अवस्थामा सञ्चालन हुन गइरहेको छ, राष्ट्रिय राजनीतिको यस घडिमा उपस्थित भएका छौं,’ उनले भने।

प्रतिक्रिया