नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा १५३ जना महिला र २७३ जना पुरुष गरी ४२६ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै आज देशभरमा सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेकाे छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको छ।
त्यसैगरी २४ घण्टामा ७४८ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ पुगेको छ।
3
Shares

प्रतिक्रिया