राजनीति


बागमती प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

बागमती प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ८:२७,

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ।

प्रदेश राजधानी हेटौँडामा शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले माघ ७ मा हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।

‘आजको मन्त्रिपरिषद बैठकले माघ ७ गते संसदको हिँउदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ’, पौडेलले नेपालखबरसँग भने।

यसअघि बागमती प्रदेशको वर्षे अधिवेसन साउन ८ गते अन्त्य गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपामा विभाजन आएको छ। प्रचण्ड नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

यता मुख्यमन्त्री र्पाडेलले दलका उपनेता र मुख्य सचेतकलाई कारबाही गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad