ad ad

राजनीति


राष्ट्रिय सभा सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन

राष्ट्रिय सभा सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन

नेपालखबर
पुस १६, २०७७ बिहिबार ८:३९,

शुक्रबारबाट सुरु हुने राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि राष्ट्रियसभा सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

बिहीबार संसद भवनमा राष्ट्रिय सभा सदस्यहरुको स्वाब संकलन गरिएको हो।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिए।

 

No description available.

 राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ। बैठकको अघिल्लो दिन सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

 आज संकलन गरिएको स्वाबको भोलि दिउँसोसम्म रिपोर्ट आउने र नेगेटिभ रिपोर्ट आएका सदस्यहरुलाई बैठकमा सहभागी गराइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .