ad ad

राजनीति


साउदीबाट आएको नयाँ मन्त्रीमण्डलमाथि यमनको विमानस्थलमा आक्रमण, १३ को मृत्यु

साउदीबाट आएको नयाँ मन्त्रीमण्डलमाथि यमनको विमानस्थलमा आक्रमण, १३ को मृत्यु

नेपालखबर
पुस १५, २०७७ बुधबार १७:५,

बीबीसीका अनुसार एदन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो विस्फोटनको आवाज सुनिएको छ। नयाँ मन्त्रीमण्डलसहित यमनका प्रधानमन्त्री मइन अब्दुलमलिन साइद साउदीबाट बुधबार यमन अवतरण गरेका थिए।

साइदका अनुसार आक्रमण भएता पनि यस आक्रमणबाट यमनको नयाँ मन्त्रीमण्डल बच्न सफल भएको छ। उनका अनुसार यस आक्रमण इरान समर्थित आतंकवादी समूह हुथीले गराएको हो।

सन्चारमन्त्री मोआम्मर अल–इरयानीले पनि यस आक्रमणमा हुथी विद्रोही संलग्न भएको आरोप लगाएका छन्।

यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ। हुथी विद्रोहीका कारण सन् २०१५ मा यमनका राष्ट्रपति मनसुर हादी साउदी भाग्न बाध्य भएका थिए।

People take photos of passengers getting off a plane at Aden airport on 30 December 2020आक्रमणबीच नयाँ मन्त्रीमण्डललाई स्वागत गरियो।

त्यसयता अरब देशहरुले यमनमा हुथी विद्रोहीविरुद्ध लडाइ गरिरहेको छ। साउदीले नेतृत्व गरेको अरब देशहरुले यमनमा हादीको नेतृत्व फर्काउने प्रयास गरिरहेको छ।

यस गृहयुद्धका क्रममा १ लाख १० हजार मानिसले ज्यान गुमाइसकेका छन्। सार्वजनिक भएका भिडियोहरुमा विमानस्थलमा आक्रमण भएको देख्न सकिन्छ। भिडियोमा गोलाबारीको आवाज पनि सुन्न सकिन्छ।

एएफपी समाचार संस्थाका अनुसार विमानस्थलमा दुईपटक ठूलो विस्फोटको आवाज सुनिएको थियो। साउदी टेलिभिजन च्यानल अल–हदाथमा विमानस्थलमा क्षेप्यास्त्र प्रहार भएको देखाइएको छ।

साउदी अरेबियाको सहयोगमा यमनको नयाँ मन्त्रीमण्डल गठन भएको बताइएको छ।

नयाँ मन्त्रीमण्डल गठन गरिनुको मुख्य उद्देश्य हुथी विद्रोहीको प्रतिकार गर्नु रहेको छ। हुथीले यमनको राजधानी साना र उत्तर–पश्चिमी क्षेत्रको अधिकांश स्थानमा कब्जा जमाएको छ।

नयाँ मन्त्रीमण्डलले साउदी समर्थित सरकारी सेना र यूएइले साथ दिएको समूह एसटीसीका लडाकुहरुबीचको विवादलाई समाधान गर्ने अपेक्षा गरिएको छ।

सेना र एसटीसीका लडाकु दुवैले हुथीविरुद्धको अभियान संचालन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .