काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई गुर्जुधारा बस्ने २५ वर्षका सुभास गमाल छन्।
महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार बुधबार राति १०बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो।
दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए।
उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए। टिपरसहित चालक रामचन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुस १५, २०७७, बुधबार
प्रतिक्रिया