ad ad

राजनीति


बागमतीका मुख्यमन्त्री पौडेलले जम्कट्टेल र माझीलाई पदबाट हटाए

बागमतीका मुख्यमन्त्री पौडेलले जम्कट्टेल र माझीलाई पदबाट हटाए

नेपालखबर
पुस १४, २०७७ मंगलबार १३:६,

बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन्।

मंगलबार मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै उनीहरुलाई पदबाट हटाइएको पौडेलले जानकारी दिए।

नेकपामा आएको विभाजनसँगै प्रदेश मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका संसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षधर हुन भने कारबाहीमा पर्ने जम्कट्टेल र माझी प्रचण्ड-नेपाल पक्षधर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .