ad ad

राजनीति


जित सुनिश्चित नभएका नेताले मात्रै निर्वाचनको विरोध गरेका छन् : बस्नेत

जित सुनिश्चित नभएका नेताले मात्रै  निर्वाचनको विरोध गरेका छन् : बस्नेत

नेपालखबर
पुस १४, २०७७ मंगलबार ७:२३,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले आफ्नो जित सुनिश्चित नभएका नेताहरुले निर्वाचनको विरोध गरेको बताएका छन्।

मंगलबार प्रेस संगठन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सडकको प्रदर्शनले केही नहुने भन्दै निर्वाचनमा जान सुझाव दिए।

‘केही नेताहरुले आफू पराजित हुने डरले निर्वाचनको विरोध गरिरहनुभएको छ’, उनले भने। उनले जित सुनिश्चित भएका सबै पार्टीका नेताहरु निर्वाचनको पक्षमा रहेको दावी गरे।

नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी हुन नेपालगन्ज आएका नेता बस्नेतले संसद् विघटन गरेर ताजा जनमतका लागि निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको दावी गरे।

‘ताजा जनमतका लागि संसद विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइन’, उनले भने।

उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .