ad ad

राजनीति


संसद् विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले आज पनि गर्‍याे सडक प्रदर्शन (फोटोफिचर)

संसद् विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले आज पनि गर्‍याे सडक प्रदर्शन (फोटोफिचर)

प्रविन कोइराला
पुस १४, २०७७ मंगलबार ७:४६,

संघीय प्रतिनिधिसभाको विघटन गरेको भन्दै सरकारविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले आज पनि सडक प्रदर्शन गरेको छ।

प्रचण्ड माधव पक्षले उपत्यकामा प्रदर्शन गरेको हो। यसअघि पनि उनीहरुले सडक प्रदर्शन गर्दै आएका छन्।

दुई अध्यक्षको विवाद जारी रहेकै बेला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।

puspakamal makune 2

तर त्यसलाई असंवैधानिक भन्दै पार्टीमा पहिलेदेखि नै असन्तुष्टि पोख्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्ष आन्दोलनमा उत्रिएका हुन्। अहिले केपी ओली एक पक्ष र प्रचण्ड माधव अर्को पक्ष भएर निर्वाचन आयोगसम्म पार्टी वैधता खोज्न पुगिसकेका छन्।

puspakamal makune 3

संसद् विघटनविरुद्ध प्रतिपक्षी नेपाली कांग्रेस, जनताा समाजवादी पार्टी नेपाललगायतले पनि सडकमा विरोध प्रदर्शन गर्दै आएका छन्। हिजोमात्रै नेपाली कांग्रेसले पनि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध गरेको थियो। विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको टुंगो लाग्न बाँकी छ भने ओलीले रिक्त मन्त्री पदमा नयाँ नियुक्ति गरिसकेका छन्।

puspakamal makune 4
puspakamal makune 5
puspakamal makune 6
puspakamal makune 7
puspakamal makune 8
puspakamal makune 9
puspakamal makune 10
puspakamal makune 11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .