सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका एक मन्त्रीलाई बर्खास्त गरेका छन्।
मंगलरबार मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका हुन्।
नेकपा विभाजनका क्रममा मुख्यमन्त्री प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा र मन्त्री बोहरा प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा लागेका छन्।
मुख्यमन्त्री र सरकारविरुद्ध गतिविधि गरेको भन्दै बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
‘मन्त्री बोहरालाई मुख्यमन्त्री ज्यूले संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गर्नुभएको हो। चाँडै नयाँ नियुक्ति हुन्छ’, नेपालखबरसँग स्वकीय सचिव ओलीले भने।
‘मन्त्री बोहरालाई मुख्यमन्त्री ज्यूले संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गर्नुभएको हो। चाँडै नयाँ नियुक्ति हुन्छ’, नेपालखबरसँग स्वकीय सचिव ओलीले भने। उनले नयाँ मन्त्री छिट्टै नियुक्त हुने जानकारी दिएर
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।
बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।
प्रतिक्रिया