ad ad

समाज


सन् २०२० मा ५० पत्रकारको हत्या, खतरनाक देशको सूचीमा भारत पनि

सन् २०२० मा ५० पत्रकारको हत्या, खतरनाक देशको सूचीमा भारत पनि

नेपालखबर
पुस १४, २०७७ मंगलबार ६:२९,

रिपोर्टर्स विथआउट बोर्डर आरएसएफको वार्षिक प्रतिवेदन अनुसार समाचार लेखेकै कारण उनीहरुको हत्या भएको हो।

हत्या गरिएकामध्ये २ जना महिला पत्रकार भएको जनाइएको छ।

भ्रष्टाचार, अपराध तथा वातावरण विनाशको विषयमा रिपोर्टिङ गर्ने अधिकाँश पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सन् २०१९ मा ५३ पत्रकारको हत्या गरिएको थियो। यसपटक सो संख्याभन्दा कम संख्यामा पत्रकार हत्याको घटना भएको हो।

प्रतिवेदनमा गएको १० वर्षमा ९३७ पत्रकारको हत्या गरिएको पनि जनाइएको छ।

यसैबीच यसवर्ष कोरोना भाइरको संक्रमणपछि इजिप्ट, रुस र साउदी अरबमा गरेर तीनजना संचारकर्मीको मृत्यु भएको छ।

गत डिसेम्बर १२ मा मात्र इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिइएको थियो। उनीमाथि देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको आरोप लागेको थियो।

प्रतिवेदका अनुसार यसवर्ष पत्रकारका लागि सबैभन्दा असुरक्षित देशहरु क्रमशः मेक्सिको, इराक, अफगानिस्तान, भारत र पाकिस्तान हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .