ad ad

समाज


भारतमा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार, ६ संक्रमित भेटिए

भारतमा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार, ६ संक्रमित भेटिए

नेपालखबर
पुस १४, २०७७ मंगलबार ६:३,

एनडीटीभीका अनुसार भारतमा ६ जना संक्रमितमा नयाँ कोरोना भाइरसको असर देखिएको बताइएको छ।

उनीहरु सबै बेलायतबाट हालै भारत फर्किएका व्यक्तिहरु भएको बताइएको छ। अहिले उनीहरु सबैलाई भिन्दाभिन्दै आइसोलेसनमा राखिएको जनाइएको छ।

गत नोभेम्बर २५ देखि डिसेम्बर २४ सम्ममा बेलायतबाट ३३ हजार यात्रुहरु भारत फर्किएका छन्। त्यसकारण कोरोना भाइरसको नयाँ प्रकार भारतका विभिन्न स्थानमा फैलिएको हुनसक्ने आशंका गरिएको छ।

सो अवधिमा भारतमा फर्किनेमध्ये ११४ मा हालसम्म कोरोना देखिएको छ।

बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि भारतसहित विभिन्न देशले बेलायतमा भ्रमण प्रतिबन्धको घोषणा गरेका छन्।

यस भाइरस पहिलेभन्दा ७० प्रतिशत बढी संक्रामक भएको बताइएको छ। जापानले त नयाँ भाइरसको खतरा मध्यनजर गर्दै सबै देशबाट तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।

हङकङ, नेपाल तथा युरोपेली मूलुकहरुले पनि बेलायतबाट आउने विमानमा प्रतिबन्ध लगाएका छन्। हाल युरोपका विभिन्न देशमा पनि कोरोनाको नयाँ प्रकार देखिएको छ।

विज्ञहरु माझ यो भाइरसको विषयलाई विविध मत छ। केहीले यो खतरनाक भनिरहेका छन्, केहीले यो खतरनाक छैन भनिरहेका छन्।

यद्यपी कोरोनाविरद्धको नियमलाई कडा रुपमा पालना गरिनुपर्नेमा विज्ञहरुको एकमत छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .