ad ad

राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल आएपछि भारतमा यस्ताे तरंग

चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल आएपछि भारतमा यस्ताे तरंग

नेपालखबर
पुस १३, २०७७ सोमबार ३:४१,

चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल आएपछि भारतमा तरंग पैदा भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वमा आइतबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेतृत्व तहसँग भेटवार्ता गर्न थालेपछि भारत सशंकित भएको हो।

यस विषयमा भारत सरकारले प्रत्यक्ष केही भनिसकेकाे नभए पनि यतिबेला भारतीय सञ्चारमाध्यमले विभिन्न शंका व्यक्त गर्दै विश्लेषण गरिरहेका हुन्।

यसै क्रममा साेमबार बीबीसी हिन्दीले लेखेको छ- ‘भारतलाई क्षेत्रीय प्रभुत्वको आरोप लगाउने प्रधानमन्त्री ओलीले भारतप्रतिको धारणा नरम बनाइसकेका थिए र यस वर्ष (सन् २०२०) को अन्त्यतिर शीर्षस्तरको भेटवार्ता सुरु गरेका थिए। तर अहिले तस्बिर केही बदलिएको छ।’

उसले अगाडि लेखेको छ- ‘ओलीका विपक्षी र नेकपाकै अध्यक्ष प्रचण्ड, जो कुनै बेला भारतकै समर्थक थिए, अहिले नेपालको राजनीतिनक संकटमा चीनको भूमिकाप्रति मौन बसेका छन्।’

केवल ७ महिनायता नेपालका शीर्ष नेताको भारतप्रतिको धारणा पूरै परिवर्तन भएको आरोप लगाइएको छ।

बीबीसी हिन्दी अगाडि लेख्छ- ‘अर्कातर्फ अन्य देशको आन्तरिक राजनीतिमा टाढै रहने बताउने गरेको चीनले अहिले नेपालको राजनीतिमा हातै हालेको छ। तर हिमालय क्षेत्रमा अस्थिरता पैदा गराएको आरोप लागेको भारत भने नेपालको आन्तरिक मामिलालाई टाढाबाट हेरिमात्र रहेको छ।’

द हिन्दु अखबारका अनुसार गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौंमा भेट गरेपछि दिल्ली उडेका भारतका राजदूत विनय क्वात्रा भारतीय प्रधानमन्त्री मोदीलाई ओलीकाे सन्देश पुर्‍याउन आएकाे अनुमान गरिएकाे छ। सन्देशमा ओलीले आफूले संसद् भंग गराउनुको कारण बताएको पत्रिकाले दाबी गरेको छ।

याे पनि : प्रधानमन्त्री ओलीसँग चिनियाँ टोलीको भेटवार्ता, राष्ट्रपति सीको यस्तो सन्देश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .