ad ad

राजनीति


अविश्वासको प्रस्ताव निर्देशित हो, यसको सामना म आरामले गर्छु : मुख्यमन्त्री राई

अविश्वासको प्रस्ताव निर्देशित हो, यसको सामना म आरामले गर्छु : मुख्यमन्त्री राई

नेपालखबर
पुस १२, २०७७ आइतबार ११:२१,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको आरामले सामना गर्ने बताएका छन्।

आइतबार आफूविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले आफूले त्यसको बहुमतका साथ सामना गर्ने बताएका हुन्।

अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम भएको, काम गर्न नसकेको कारण नभई निश्चित ठाउँबाट निर्देशित भएको उनको आरोप छ।

‘अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम भएर होइन, सरकारले काम गर्न नसकेर होइन, प्रदेश सरकार र मुख्यमन्त्रीले नाजायज काम गरेर होइन’, उनले भने, ‘यो अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर आएको छ।’

यो प्रस्ताव प्रदेशलाई कमजोर बनाउने, अस्थिरता, अराजकता र अव्यवस्था निम्त्याउने र संघीयतालाई नै संस्थागत गर्न नदिने सुनियोजित मनस्थितिबाट आएको बताए।

‘यो अविश्वासको प्रस्तावको सामना म आरामले गर्छु’, उनाले भने, ‘किन आरामले गर्छु भने विवेक भएका मान्य सदस्यहरु प्रदेश सभामा हुनुहुन्छ। यो सुनियोजित, निर्देशित, चालबाजी, गोटी हो भन्ने प्रदेश सांसदहरुलाई राम्रो थाहा छ। त्यसैले सुविधाजनक बहुमतका साथ म यसको सामना गर्छु।’

उनले केन्द्रमा पनि प्रधानमन्त्रीलाई काम गर्न नदिएका कारण संसद विघटन गर्नुपर्ने अवस्थामा आएको भन्दै उनले प्रदेशमा पनि त्यसैको प्रभाव परेको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु सहि भएको बताए। ‘प्रधानमन्त्रीलाई बन्द कोठाभित्र राखेर लेनदेन गर्न घेराबन्दी गरियो, त्यसैले विकल्पमा ताजा जनादेशमा जाने निर्णय गर्नुभयो’, उनले भने, ‘त्यही विकल्प सही थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .