पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेताहरुले प्रतिनिधि सभा विघटनपछि अब सरकारको नेतृत्व गर्न पाइन्छ की भनेर र्याल काढ्न थालेको आरोप लगाएका छन्।
कांग्रेसका नेताहरुले अहिले प्रधानमन्त्रीको कदमप्रति अहिले पनि स्पष्ट निर्णय नगरेको उनले बताए।
जनता समाजवादी पार्टी (जसपा)को आइतबार काठमाडौंमा आयोजित विरोध सभामा उनले सो धारणा राखेका हुन्।
‘अहिले पनि उहाँहरु (कांग्रेसका नेताहरु) ढुलमुल गरिरहनुभएको छ, झर्ला र खाउँला भनेर,’ जसपाका संघीय अध्यक्ष रहेका भट्टराईले भने, ‘सत्ताको तर मार्न पाइन्छ कि भनेर र्याल काढिरहनुभएको छ।’
30
Shares
प्रतिक्रिया