प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गतेका लागि बोलाइएको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी माघ ७ गतेलाई बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
‘मन्त्रिपरिषदको बैठकले माघ ७ गते प्रदेश सभाको बैठक बोलाउन सिफारिस गरेको छ’, मुख्ममन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने।
प्रदेशसभा अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको हो।
प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो।

प्रतिक्रिया